Date |
High |
Low |
Prev.Closing |

abc








पौष २७, २०७४:
यस वित्तीय संस्थाको १६ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ जसबाट शेयर धनीहरुलाई १५ % नगद लाभांश (कर सहित) र १६ % बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ।
फाल्गुन ९, २०७२:
यस वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा वैठक कार्यक्रम फाल्गुन २०७२ को पहिलो सातामा बैंकका कार्यकारीणी, वरिष्ठ अधिकृत, अनुगमन अधिकृत र शाखा प्रबन्धकहरुको सहभागितामा सम्पन्न भएको छ। समीक्षा वैठक वार्षिक कार्ययोजनाको उपलब्धि तथा नाकाबन्दी र भुकम्पका कारण हुनसक्ने कर्जा लगानीको जोखिमलाई सम्बोधन गर्ने रणनीति तय गर्नेमा केन्द्रित रह्यो।
माघ १७, २०७२:
यस वित्तीय संस्थाले विकास आयोजना केन्द्र, नेपाल (DEPROSC - Nepal) को Oxfam संस्थाको सहयोगमा 'Cash for Work' नामक आयोजनाको दोस्रो चरणको कार्यक्रममा काठमाडौं र ललितपुर जिल्लाको भुकम्प प्रभावित क्षेत्र लागि नगद वितरण गर्ने कार्यको लागि सम्झौता गरेको छ।
माघ ३, २०७२:
यस वित्तीय संस्थाले आफ्ना सदस्यलाई कृषिमा आधारित उद्धमी र कृषिजन्य तालिम तथा प्राविधिक सहायताको लागि सहभागी हुन प्रेरित गर्नको निमित्त कृषि विभाग संग समन्वय गरेको छ।
पौष २८, २०७२:
यस वित्तीय संस्थाको पन्धौ वार्षिकोत्सवको शुभ अवसरमा उत्कृष्ट शाखाहरु, ईलाका कार्यालय तथा एस एल सी मा उत्कृष्ट नतिजा ल्याएका कर्मचारी/सदस्यका छोरा/छोरीहरुलाई नगद पुरस्कार एवं सम्मान पत्र प्रदान गरियो।
यस वित्तीय संस्थाको चौधौ वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न भयो। चौधौ वार्षिक साधारण सभाले आ.व. २०७१/०७२ को मुनाफाबाट बैंकको जम्मा चुक्ता पुंजीको ५०% शेयर लाभांश र २.६३% नगद लाभांश (कर समावेशको लागि) प्रदान गर्ने निर्णय भयो।